भुसालको टिप्पणी- ओलीले कुल्ला गर्दा बान्ता नगरे खाँटी कार्यकर्ताको योग्यता पुग्दैन (भिडिओ) – Nepal Press

भुसालको टिप्पणी- ओलीले कुल्ला गर्दा बान्ता नगरे खाँटी कार्यकर्ताको योग्यता पुग्दैन (भिडिओ)

‘प्रचण्डले एमालेको पत्तासाफ गर्छु भन्नासाथ कार्यकर्ता लाठी लिएर उभिन्छन्’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूले गालीगलौजको संस्कृति बसाउँदै गएकाले कार्यकर्तामा त्यही रोग सल्किएको टिप्पणी गरेका छन् ।

भुसालनिकट युवाहरूले वाम आन्दोलनको संकट र एकताबारे आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गलत संस्कार र संस्कृति माथिबाटै सिकाइएको र खाँटी कार्यकर्ता बन्न तल प्रतिस्पर्धा हुँने गरेको बताए ।

भुसालले भने, ‘कमरेड प्रचण्डले एमालेको पत्तासाफ गर्छौं भन्नासाथ माओवादीका साथीहरू लाठी डण्डा लिएर उभिन्छन् । माधव नेपालले एमालेलाई धुला चटाउँछु भनेपछि एकीकृत समाजवादीका कार्यकर्ता केपी ओलीको पुत्ला बोकेर निस्कन्छन् । अनि केपी ओलीले माधव नेपालको नाम लिँदा कुल्ला गरेपछि कार्यकर्ताले बान्ता गर्नैपर्छ, त्यति नगरे योग्यता नै पुग्दैन ।’

भुसालले कम्युनिष्ट आन्दोलनभित्र विचार चिन्तन र अध्ययनको प्रवृत्ति कमजोर भएकोमा चिन्ता व्यक्त गरे ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

One thought on “भुसालको टिप्पणी- ओलीले कुल्ला गर्दा बान्ता नगरे खाँटी कार्यकर्ताको योग्यता पुग्दैन (भिडिओ)

  1. कलिजुगको स्वघोशित ‘कार्ल्मार्क्स’ लाई आफ्ना चतुरे, चंखे र माकुने- प्रचण्ड भक्तिको फोहरा छुटाउने मुख खोल्नु अघी एमाले छोडेको घोषणा गर्न अनुरोध छ !!
    रुखको हागामा बसेर फेद काट्नेहरु सबै ‘कालिदास’ हुन्नन, सम्झी राख्नु !!
    भुइ मान्छे ‘ साइबर स्याल’ हरुको धैर्यताको बाध फुट्न लाग्यो, के गरम !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर