एसईई क्याम्पियन फुटसल र बास्केटबलको फाइनल बुधबार – Nepal Press

एसईई क्याम्पियन फुटसल र बास्केटबलको फाइनल बुधबार

काठमाडौं । पाँचौं एसईई क्याम्पियन फुटसल र पहिलो एसईई क्याम्पियन बास्केटबल प्रतियोगिताको फाइनल भोलि (बुधबार) हुने भएको छ।

कुल ४८ टिम सहभागी भएको फुटसल प्रतियोगिताको विजेताले ट्रफी र प्रमाणपत्रसहित नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

फुटसलको फाइनल खेल लगनखेलस्थित क्याम्पियन एकेडेमीको फुटसल मैदानमा हुनेछ। फाइनल खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले प्रमुख आथित्यता ग्रहण गर्नेछन्।

यस्तै, बास्केटबल प्रतियोगिताको फाइनल खेल पनि क्याम्पियन एकेडेमीको बास्केटबल कोर्टमा हुनेछ। सो प्रतियोगितामा पनि ४८ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेताले ट्रफी र प्रमाणपत्रसहित नगद १० हजार रुपैयाँ र उपविजेताले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

फाइनल खेल राष्ट्रिय बास्केटबल टोलीकी सदस्य अनुषा मल्लको प्रमुख आथित्यमा सम्पन्न हुने आयोजकले बताएको छ । दुबै फाइनल बिहान ११ बजे हुने सुरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर