विश्वराज पोखरेलको मुद्दामा अदालतको आलटाल, अवकाश भइसकेका डीआईजीसँगै लगाउ आदेश – Nepal Press

विश्वराज पोखरेलको मुद्दामा अदालतको आलटाल, अवकाश भइसकेका डीआईजीसँगै लगाउ आदेश

काठमाडौं । आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय भएको भन्दै न्याय माग्न गएका एआईजी विश्वराज पोखरेलको मुद्दा लम्ब्याएर घर पठाउने चर्चा चलिरहेकै बेला सर्वाेच्च अदालतले मंगलबार सोही चर्चालाई पुष्टि हुने गरी सुनुवाइ गरेको छ ।

पोखरेलको मुद्दाको पूर्ण सुनुवाइका लागि पेशी तोकिएकोमा त्यसअघि पूर्वडीआईजीहरु ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालको मुद्दाको पेशी चढेको थियो ।

न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुँडालको इजलासले वैशाख १९ गते अवकाश भइसकेका तत्कालीन डीआईजीहरुको मुद्दाको सुनुवाइ गर्दै विश्वराज पोखरेलको मुद्दासँगै एकैपटक राखेर हेर्ने लगाउ आदेश दिएपछि यो मुद्दा लम्बिने भएको छ ।

पोखरेलले वरिष्ठता मिचेर आइजीपी नियुक्त गर्दा आफूलाई अपूरणीय क्षति भएको भन्दै रिट दायर गरेका थिए । यसअघि धिरजप्रताप सिंह, बसन्त पन्त र रवीन्द्र धानुकलाई एआईजी बढुवा गर्दा वरिष्ठता मिचिएको भन्दै तीन डीआईजी अदालतमा गएका थिए ।

यो मुद्दा लम्बिँदा पोखरेल आगामी साउनमा अवकाश हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर