आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती – Nepal Press

आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट फेरि ठूलो दलका नेता भएर प्रधानमन्त्री हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन् ।

यसअघि ओलीलाई प्रधानमन्त्री माओवादीले बनाएको दाबी गर्दै अब एमालेको प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् ।

२०७४ को सङ्‍घीय संसद्को निर्वाचनमा माओवादीले बोकेकै कारण एमाले ठूलो दल भएको र नेकपाको तर्फबाट ओली प्रधानमन्त्री भएको बताए ।

नेकपा हुँदा पाँचै वर्ष सरकार चलाउन अध्यक्ष ओलीलाई भनिएको र आफू पार्टी सञ्‍चालन गर्ने भन्दा अन्ततः त्यसमा ओलीले अरुची देखाएको प्रचण्डको दाबी छ ।

यस्तै, उनले पाँच दलीय गठबन्धन कमजोर भए वा टुटेको अवस्थामा अझै पनि देश दुर्घटनामा जाने बताएका छन् ।

गठबन्धन संविधान बचाउन, लोकतन्त्र बचाउन र गणतन्त्रलाई बचाउन बनेको बताए ।

हाल कांग्रेस नेतृत्वमा पाँच दलीय र एमाले नेतृत्वमा नौं दलीय अर्को गठबन्धन रहेको प्रचण्डको भनाइ छ ।


प्रतिक्रिया

One thought on “आगामी निर्वाचन जितेर प्रधानमन्त्री बन्‍न ओलीलाई प्रचण्डको चुनौती

  1. देश परिवर्तन गर्छु भनेर १७००० मार्ने अहिले एक थान प्रधानमन्त्री हुने कुरालाई मुख्य कुरा मान्ने ठाउँमा आईपुगेछन् । यहाँभन्दाठूलाे वैचारिक विचलन के हुन सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर