अदालतको आदेशप्रति बाबुरामको आपत्ति- देश किन बनेन भन्ने बल्ल बुझ्दैछु – Nepal Press

अदालतको आदेशप्रति बाबुरामको आपत्ति- देश किन बनेन भन्ने बल्ल बुझ्दैछु

काठमाडौं । जसपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका छन् ।

देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको पनि उनले बताएका छन् ।

‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ’, उनले भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु। फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु।’


प्रतिक्रिया

2 thoughts on “अदालतको आदेशप्रति बाबुरामको आपत्ति- देश किन बनेन भन्ने बल्ल बुझ्दैछु

  1. माननीयज्यू, २४ लाख सालका रुखहरू र वन विनासको विकल्प पनि दिनुभए राम्रो हुनुथ्यो । विकासको नाममा विनासले देश अगाडि बढ्छ र ?

  2. अन्तराष्टीय जगतमा अाधामुलुले कालाे सुचिमा राखेकाछन जहाजहरु,तिनलभन्दा कतिफचाहिय यअरपाेर्ट? भयका पूरा क्षमतामा चलायर देखाउ पहिला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर