काठमाडौंमा कांग्रेसले जित्यो १८ औं वडा, १६ नम्बरबाट मुकुन्द निर्वाचित – Nepal Press

काठमाडौंमा कांग्रेसले जित्यो १८ औं वडा, १६ नम्बरबाट मुकुन्द निर्वाचित

काठमाडौं । काठमाडौंका वडामा नेपाली कांग्रेसले आफ्नो जितसंख्या १८ पुर्‍याएको छ । सार्वजनिक पछिल्लो मतपरिणाममा वडा नम्बर १६ को वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन् ।

रिजालले ४००५ मत ल्याएर जित हासिल गर्दा एमालेका लक्ष्मीरत्न तुलाधरले ३२३९ भोट ल्याएर हार व्यहोरे । सदस्यहरुमा भने सबै एमालेका उम्मेदवार विजयी भएका छन् ।

यो वडामा कुल १२ हजार ३ सय ३६ भोट खसेको थियो । मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ ।काठमाडौंका वडाहरुमा कांग्रेसको प्रभूत्व देखिएको छ । अहिलेसम्म १८ वटा वडामा जित हासिल गर्दा एमाले १२ वडा मात्रै जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर