चरासँग ठोक्किएको जजिराको विमानमा प्राविधिक समस्या देखिएन – Nepal Press

चरासँग ठोक्किएको जजिराको विमानमा प्राविधिक समस्या देखिएन

३८ यात्रु लिएर कतार फर्कने तयारीमा

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा चरासँग ठोक्किएर उडान भर्न नसकेको जजिरा एयरको विमान प्राविधिक चेकजाँचपछि उडान भर्ने तयारीमा छ ।

सोमबार बिहान २ बजे कतारबाट १२१ जना यात्रु लिएर आएको यो विमान अवतरणका क्रममा चरासँग ठोक्किएको पाइलटको आशंकापछि तत्काल ३८ यात्रु लिएर फर्कन रोकिएको थियो ।

विमानको नोज र इन्जिन नजिक रगत देखिएको तर चरा नदेखिएपछि काठमाडौंबाट प्राविधिक आएर चेकजाँच गरेका हुन् ।

काठमाडौंबाट आएको प्राविधिकको टोलीले चेकजाँच गरी प्रतिवेदन दिएपछि विमानले उडान भरिरहेको भैरहवा विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए । ‘विमान ठिकठाक छ । त्यहीअनुसार रिपोर्ट पनि आएको छ, अहिले यात्रुहरू चढ्दै छन् अव उड्छ ।’ दाहालले भने ।

जजिराले भैरहवामा हप्तामा तीन दिन उडान गर्ने तालिका बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर