धनुषाको विदेह नगरपालिकामा एमालेको विजय, वेचन दास बने मेयर – Nepal Press

धनुषाको विदेह नगरपालिकामा एमालेको विजय, वेचन दास बने मेयर

धनुषा । धनुषाको विदेह नगरपालिकामा माओवादीको विरासत भत्काउँदै एमाले विजयी भएको छ ।

नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार वेचन दास तत्मा र उपमेयरमा आशादेवी झा निर्वाचित भएका छन् ।

यहाँ निकटतम प्रतिद्वन्द्वी माओवादी नभएर नेकपा एकीकृत समाजवादी बनेको छ । एमालेका तत्माले ४ हजार ४१२ मत ल्याउँदा समाजवादीका यादवले ३ हजार ४२६ मत मात्र पाए ।

नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी आशादेवी झाले ४ हजार ६५९ मत ल्याइन भने एकीकृत समाजवादीकी सञ्‍जना अधिकारीले २ हजार ८७० मत ल्याइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर