प्रधानमन्त्रीको गृह जिल्लामा कांग्रेसको निरन्तर अग्रता, माओवादी र एकीकृत समाजवादीले २ अंक छुन सकेन – Nepal Press

प्रधानमन्त्रीको गृह जिल्लामा कांग्रेसको निरन्तर अग्रता, माओवादी र एकीकृत समाजवादीले २ अंक छुन सकेन

कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले आफ्नो अग्रसरतालाई निरन्तरता दिएको छ ।

७०५ मत गणना गर्दा कांग्रेसका उम्मेदवारले ३२० मत पाएका छन् । बिपी कांग्रेसले २८४ मत पाएको छ । उपप्रमुखमा पनि कांग्रेस अगाडी छ । कांग्रेसले ३१५ मत पाउँदा एमालेले २९४ मत पाएको छ ।

माओवादी र एकीकृत समाजवादीले भने दुई अंक पनि भेट्न सकेको छैन। प्रमुखमा माओवादीले ९ मत पाउँदा एकीकृत समाजवादीले ७ मत पाएको छ । उपप्रमुखमा माओवादीले ९ मत पाउँदा एकीकृत समाजवादीले ११ मत पाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर