गठबन्धनसँग कुनै सिद्धान्त छैन, एमालेविरुद्ध मोर्चाबन्दी मात्रै हो : ईश्वर पोखरेल – Nepal Press

गठबन्धनसँग कुनै सिद्धान्त छैन, एमालेविरुद्ध मोर्चाबन्दी मात्रै हो : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ पाँच दलीय गठबन्धनको कुनै विचार, सिद्धान्त नभएको बताएका छन् ।

आइतबार नेकपा एमाले त्रियुगा नगरपालिका उदयपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले गठबन्धनको कुनै राजनीतिक मान्यताहरू नभएको केवल एमालेविरुद्ध मोर्चाबन्दी खडा भएको बताएका हुन् ।

पोखरेलले राष्ट्रिय राजनीतिमा दुई वटा केन्द्र देखा परेको बताउँदै अबको स्थानीय तहको निर्वाचनमा जनताले एउटा केन्द्रलाई रोज्नु पर्ने बताए ।

गठबन्धनलाई धुलो चटाउँदै यो निर्वाचनमा नेकपा एमालेले ६० प्रतिशत जित निकाल्ने उनले बताए ।

त्यस्तै पोखरेलले एमालेको नेतृत्व बिना मुलुकका राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन र समृद्धि असम्भव रहेको पोखरेलले दाबी गरे ।

पोखरेलले प्रतिगामी सोच भएका, देशको चुच्चे नक्सालाई वुच्याउने, समानता नचाहने सँगको एमालेको लडाइँ भएकाले, यो अभियानमा साथ सहयोग दिन सबै जनतालाई अपिल समेत गरे ।

नेपालको समृद्धिका लागि एमालेको नेतृत्व अपरिहार्य रहेको भन्दै उनले अहिले एमालेविरुद्ध सबै शक्ति एक भएका कारण एमालेका आस्थावानहरू एकजुट हुनुको विकल्प नरहेको उल्लेख गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर