गठबन्धनको विरोध गर्नु केपी ओलीलाई सघाउनु हाे : बानियाँ (भिडिओ) – Nepal Press

गठबन्धनको विरोध गर्नु केपी ओलीलाई सघाउनु हाे : बानियाँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश समितिका सभापति ईन्द्र बानियाँले गठबन्धनको विरोध गर्नेहरु कांग्रेस हुनै नसक्ने दावी गरेका छन् ।

गठबन्धनले शान्तिवाटिकामा गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले कांग्रेस कार्यकर्ताले गठबन्धनको विरोध गर्नु भनेको एमालेलाई सघाउनुसरह रहेको बताए ।

‘गठबन्धन शान्तिप्रक्रियादेखि नै हुँदै आएको हो । आज क्षणिक स्वार्थका लागि कांग्रेसीले गठबन्धनको विरोध गर्न मिल्दैन । गठबन्धनको विरोध गर्नु केपी ओलीलाई सघाउनु हो’, बानियाँले भने ।

काठमाडौं महानगरमा एमालेले अनुशासनहीन उम्मेदवार उठाएको आरोपसमेत बानियाँले लगाए । ‘केपी ओली आफै हावादारी मान्छे । उहाँले काठमाडौंको उम्मेदवार पनि महाहावादारीलाई बनाउनुभएको छ । अनुशासनहीन व्यक्तिलाई टिकट दिएर एमालेले जनताको उपहास गरेको छ’, बानियाँले भने ।

उपमेयरमा पनि एमालेले ‘कलेज पढेको तर नलेज नभएको’ उम्मेदवार खडा गरेको बानियाँको टिप्पणी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर