गठबन्धन लुतो हो, बैशाख ३० लुतो फाल्ने दिन हो: ओली – Nepal Press

गठबन्धन लुतो हो, बैशाख ३० लुतो फाल्ने दिन हो: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिएका छन् ।

काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँचदलीय गठबन्धन ठूलो घाउ नभएपनि केहीसमय चिलाएर दुःख दिने लुतो रहेको बताए ।

उनले बैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने बताए । ‘ पाँचदलीय गठबन्धन लुतो हो । ठूलै घाउ पनि होइन तर चिलाको चिलाई गर्छ । यो केही समयका निम्ति पीडा हो । यो पीडाको अन्त्य बैशाख ३० मा गर्नुपर्छ । त्यसलाई लुतो फाल्ने दिन बनाउनुपर्छ जनताले’ ओलीले भने ।

काठमाडौंमा एमालेको जित सुनिश्चित रहेको भन्दै ओलीले गठबन्धनका कारण जनतामा त्रास बढेको बताए । ‘गठबन्धनको पक्षमा छु नभनेसम्म बाँच्नपनि नपाउने भन्ने अवस्था आइसक्यो’, ओलीले भने ।

आफ्नो मन्तव्यमा कांग्रेसप्रति कटाक्ष राखेका ओलीले कांग्रेसबाहेकका पार्टी टिप्पणीका लागि योग्य नभएको बताए । ‘जनावरको कुरा गरेपछि जनावरको खुट्टा र पुच्छरको कुरा गर्न जरुरी छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर