नेपाली कांग्रेसले पनि आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै – Nepal Press

नेपाली कांग्रेसले पनि आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि आज स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टी कार्यालय सानेपामा आज दिउँसो १ बजे एक समारोहबीच घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपालगायतका दलले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

स्थानीय तह निर्वाचन प्रक्रियाअन्तरगत आज र भोलि उम्मेदवारको मनोनयन गर्दा हुने कार्यतालिका छ । तर सत्तगठबन्धनका दलभित्र अझै उम्मेदवारको भागबण्डा मिलिसकेको छैन ।

नेकपा एमालेले भने अधिकांश स्थानीय तहका उम्मेदवार टुंग्याइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर