रियल मड्रिड र एट्लेटिको विजयी – Nepal Press
स्पेनिस ला लिगा

रियल मड्रिड र एट्लेटिको विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् ।

एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले गरे ।

५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले पुन: गोल गर्दा एथ्लेटिको महत्त्वपूर्ण तीन अंक जोड्यो ।

यसअघि खेलको ७१औँ मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६० अंक जोड्दै चौथो स्थानमा छ । स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।

अर्को खेलमा रियलले सेभियालाई ३-२ अन्तरले पराजित गर्‍यो । घरेलु मैदानमा सेभियाले २-० को अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो ।

रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले १-१ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १-१ गोल गरे ।

जितपछि रियल ३२ खेलबाट ७५ अंक सहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *