चीनको आलोचना गर्ने बेलायती सांसदलाई सात घण्टा सोधपुछ गरेर अफ्रिकाबाट डिपोर्ट – Nepal Press

चीनको आलोचना गर्ने बेलायती सांसदलाई सात घण्टा सोधपुछ गरेर अफ्रिकाबाट डिपोर्ट

काठमाडौं । पूर्वी अफ्रिका भ्रमणमा पुगेका बेलायती सांसदलाई डिपोर्ट गरिएको छ । जीबुटी पुगेका सांसद टिम लाफटोनलाई स्वदेश फिर्ता गरिएको दाबी गरिएको छ ।

बेलायतको सत्ताधारी कन्जरभेटिब दलका सांसद उनले आफ्नो चीन विरोधी टिप्पणीको आधारमा डिपोर्ट गरिएको बताएका छन् ।

सात घण्टा नियन्त्रणमा राखेर उनलाई बेलायत डिपोर्ट गरिएको बताइएको छ । उनले जीबुटीको चीनसँगको राम्रो सम्बन्धको आधारमा आफूलाई डिपोर्ट गरिएको बताएका हुन् ।

आफू सांसद भएको भन्दाभन्दै बेलायत जाने पहिलो उडानबाट फिर्ता गरिएको उनले दाबी गरेका छन् । बीबीसीका अनुसार जीबुटीमा एक दिन बिताएका सांसदले जीबुटीका बेलायती राजदूतसमेत भेटाएका थिए ।

चीनको विदेश मन्त्रालयले भने यसलाई निराधार भएको टिप्पणी गरेको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर