चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, युभेन्टस बाहिरियो – Nepal Press

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, युभेन्टस बाहिरियो

काठमाडौं। फ्रेन्च क्लब लिलेलाई २–१ गोलको नतिजामा पराजित गर्दै इङलिस क्लब चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ ।

पहिलो लेगमा २–० को जित निकालेको चेल्सीले समग्रमा ४–१ को नतिजा निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।

घरेलु मैदानमा भएको खेलको ३८औं मिनेटमा लिलेले बुराक यल्माजको गोलमार्फत अग्रता लिएको थियो ।

चेल्सीका लागि पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलसिचले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । केसार एजिप्लक्वेटाले ७१औं मिनेटमा गोल गर्दै चेलीको अन्तिम आठ यात्रा पक्का गरे ।

यस्तै, बुधबार राति नै भएको अर्को खेलमा इटालियन क्लब युभेन्टर भिल्लारियलसँग ३–० गोलको नतिजामा पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको छ । योसँगै युभेन्टस लगातार तीनपटक अन्तिम १६ मा बाहिरिएको हो ।

पहिलो लेगमा १–१ को बराबरीमा टुंगिएको खेल दोस्रो लेगमा तीन गोलले आफ्नो पक्षमा पार्दै भिल्लारियलले समग्रमा ४–१ को जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रा हाफको ७८औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमार्फत गोल गर्दै भिल्लारियलको अग्रता बनाएका थिए ।त्यसको सात मिनेट नबित्दै पाउ टोरेसले गोल गर्दै भिल्लारियलको अग्रता दोब्बर पारे ।

खेलको इन्जुरी समयमा अर्नाउट डानजुमाले पेनाल्टीको सदुपयोग गर्दै भिल्लारियलका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *