उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ – Nepal Press

उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

उदयपुर । उदयपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका–५ घुम्ने लालिगुँरास टोल बस्ने ४५ वर्षीय गणेश खत्री रहेका छन् ।

उनलाई ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । खत्रीले ती बालिकालाई प्रलोभनमा पारी कुखुराफर्ममा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर