आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस – Nepal Press

आयल निगमको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस भएको छ । कार्यकारी निर्देशक छनोट समितिको बैठकले भिमसेनथापा एक गोरखाका चण्डिकाप्रसाद भट्ट, आठराइ दुई तेह्रथुमका जीवनप्रकाश सिटौला र विरेन्द्रनगर एक सुर्खेतका उमेशप्रसाद थानीको नाम कार्यकारी निर्देशक नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

कार्यकारी निर्देशकका लागि आवेदन दिएका १६ जनामध्ये प्रतिष्पर्धामा सहभागी १५ आवेदकमधै सबै भन्दा बढी अंक प्राप्त गर्ने तीन सदस्यको नााम वर्णानुक्रमअनुसार सिफारिस गरिएको छनोट समितिले जनाएको छ । सिफारिसको पहिलो नम्बरमा रहेका भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको निकाय विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) का कार्यकारी निर्देशक हुन् ।

दोस्रो नम्बरमा सिफारिस भएका सिटौला यसअघि उद्योग विभागको महानिर्देशक थिए । विभागबाट राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा सरुवा भएपछि उनी प्राधिकरणबाटै सहसचिवबाटै अनिवार्य अवकाशमा गएका थिए । थानी भने यसअघि नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य थिए ।

सिफारिस भएकामध्येबाट एक जनालाइ मन्त्रिपरिषद्‍ बैठकले कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *