क्षतिपूर्तीको माग गर्दै रुकुमपश्चिम बन्द – Nepal Press

क्षतिपूर्तीको माग गर्दै रुकुमपश्चिम बन्द

सुर्खेत । मंसिर २० गते मुसिकोट नगरपालिका– २ मा बस दुर्घटनामा परी मृत्यु भएका बुधुराम खड्काको परिवार र घाइतेका परिवारले क्षतिपूर्तिको माग गर्दै रुकुमपश्चिम बन्द गरेका छन् । उनीहरुले क्षतिपूर्ती नपाएसम्म बन्द गरिरहने बताएका छन् ।

बन्दका कारण सार्वजनिक यातायात प्रभावित भएका छन् ।

उक्त दुर्घटनामा एकजनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । घाइतेहरुले अहिलेसम्म उपचार खर्च नपाएको भन्दै तत्काल क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।

दुर्घटनाका घाइते शुसिल थापाले आफूहरुका माग सम्बोधन नभएसम्मका लागि आन्दोलन जारी रहने बताए ।

मंगलबार पीडितको तर्फबाट स्थानीय टेकबहादुर बस्नेत, भानु केसी, चोपबहादुर केसी, कालिबहादुर महतारा, शुशिल थापा, मोहन केसी र वीरवल केसीले संयुक्तरुपमा एक विज्ञप्ती जारी गर्दै यातायात बन्दको घोषणा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर