गोपाल किराँती माओवादीबाट निकालिए, नयाँ अध्यक्षमा आलोक रायमाझी – Nepal Press

गोपाल किराँती माओवादीबाट निकालिए, नयाँ अध्यक्षमा आलोक रायमाझी

काठमाडौं । एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) ले अध्यक्ष गोपाल किराँतीलाई पार्टीबाट निष्कासन गरेको छ । एनेकपाको केन्द्रीय समिति बैठकले किराँतीलाई पार्टीबाट निष्कासन गरी आलोक रायमाझीलाई अध्यक्ष चयन गरेको बताइएको छ। यसबारे जानकारी दिन जारी गरिएको विज्ञप्तिमा उनलाई ‘गद्दार’को संज्ञा दिइएको छ ।

तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकीकरण भइ नेकपा बनेपछि किराँतीले असन्तुष्ट भएर माओवादी केन्द्र ब्युँताएका थिए । तर, गत वर्ष सर्वोच्च अदालतले नेकपा एकता खारेज गर्दै पुरानै पार्टीहरु ब्युँताइदिएपछि किराँती पार्टीविहीन बनेका थिए ।

त्यसपछि उनले पार्टीको नयाँ नाम एकीकृत नेपाल कम्युनिष्ट पार्टी राखेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर