एमसीसीबारे गोलमेच सम्मेलन र जनमत संग्रह गर्न माओवादी सांसदको प्रस्ताव – Nepal Press

एमसीसीबारे गोलमेच सम्मेलन र जनमत संग्रह गर्न माओवादी सांसदको प्रस्ताव

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसीको बारेमा गोलमेच सम्मेलन र जनमत संग्रहको प्रस्ताव राखेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा माओवादी सांसद किराँतीले एमसीसी राष्ट्रिय स्वाधीनताको विषय बनेकाले यसलाई संसदको सामान्य बहुमतले पास गर्नुभन्दा जनमत संग्रहमा लैजान माग गरेका हुन् ।

सांसद राईले एमसीसी अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै यसलाई त्यतिकै पास गर्न नहुने र मुलुकसमेत यसमा विभाजित भएकाले सबै पक्ष सम्मिलित गोलमेच सम्मेलन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

3 thoughts on “एमसीसीबारे गोलमेच सम्मेलन र जनमत संग्रह गर्न माओवादी सांसदको प्रस्ताव

  1. माननीयज्यू, जम्मा ५०/५२ अरब रूपैयाँ अनुदान आउने भन्ने छ । त्यसमा पनि जनमत संग्रह गर्दा कति खर्च लाग्ला? तपाईहरू सार्बभौम जनप्रतिनिधिहरूले विना ह्विप आफ्नो बिबेकको प्रयोग गर्न सक्नुहुन्न र ? सबै राजनीतिक दलले यसमा ह्विप नलगाई संसदमा लगेर पास वा फेल गरे हुदैन र ?

  2. मालिकले पास गर्दिन्छु भनेर चिठ्ठी पठाईसके । तिमी चाहिँ गर्छाै जनमत संग्रहका कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर