साढे ४ सय शाखा अधिकृतलाई रोजेकै ठाउँमा पदस्थापन ! – Nepal Press

साढे ४ सय शाखा अधिकृतलाई रोजेकै ठाउँमा पदस्थापन !

काठमाडौं । नवनियुक्त शाखा अधिकृतहरुलाई सरकारले उनीहरुकाे राेजाईका आधारमा नै पदस्थापन गर्ने तयारी गरेको छ ।

आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै पदस्थापनका लागि निकाय वा कार्यालय रोज्न भने को छ ।

माघ २५ गतेसम्मको समयदिँदै मन्त्रालयले आफूले काम गर्न चाहेको निकाय वा कार्यालय छनौट गरेर फारम भर्न भनेको हो ।

मन्त्रालयका सहसचिव बसन्त अधिकारीले एउटै ठाउँ रोज्नेको संख्या धेरै भएमा योग्यताक्रमका आधारमा पदस्थापना गरिने बताए ।

उनले नेपाल प्रेससँग भने, ‘उहाँहरुलाई हामीले प्राथमिकताका आधारमा पाँच वटा निकाय रोज्ने व्यवस्था गरेका छौ । त्यसैका आधारमा उहाँहरुलाई रोजेको प्राथमिकता अनुसार र योग्यताक्रम अनुसार मन्त्रालयमा पठाउँछौ । त्यसपछि सम्बन्धित मन्त्रालयले उहाँहरुलाई मन्त्रालय मातहत रिक्त रहेको निकायमा पठाउनेछ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत नवनियुक्त शाखा अधिकृतको संख्या साढे चार सय रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर