जनमत पार्टीका नेता-कार्यकर्तामाथि कारबाही गर्न जसपाको माग – Nepal Press

जनमत पार्टीका नेता-कार्यकर्तामाथि कारबाही गर्न जसपाको माग

जनकपुरधाम । शान्तिपूर्ण आन्दोलनको नाममा अराजक गतिविधि गरेको भन्दै जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही गर्न जनता समाजवादी पार्टी (जसपा) ले माग गरेको छ ।

जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले विज्ञप्तिमार्फत राष्ट्रियसभा निर्वाचन भइरहँदा किसान आन्दोलनको आडमा प्रदेशसभा सदस्य एवं स्थानीय तहका प्रमुख उपप्रमुखमाथि गरेको सांघातिक आक्रमणको निन्दा गरेका छन् । जसपाले आक्रमणमा संलग्नमाथि कारबाहीको माग गरेको छ ।

जनमतका कार्यकर्ताले गरेको क्षतिको विवरण एकिन गरि पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत जसपाले माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर