योग्यता नपुगेकालाई सहायक महाप्रवन्धक बनाएकोमा नेपाल लाइफलाई जरिवाना – Nepal Press

योग्यता नपुगेकालाई सहायक महाप्रवन्धक बनाएकोमा नेपाल लाइफलाई जरिवाना

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई सहायक महाप्रवन्धक नियुक्त गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्ट कम्पनीलाई जरिवाना भएको छ ।

बीमा समितिबाट जारी निर्देशिका विपरित अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

अयोग्य व्यक्तिलाई नियुक्त गरिएको भन्दै उजुरीका आधारमा अध्ययन गर्दा समितिले जारी गरेको निर्देशिका उल्लंघन गरेकाले जरिवाना गरिएको बीमा समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्स कं. लि. का विभिन्न १४ वटा समिति÷उपसमितिहरुमध्ये संचालक समितिका सदस्य श्री कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति÷उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कं. लि. लाई रु. १०,०००÷– (दश हजार रुपियाँ) जरीवाना गर्ने निर्णय गरेको गरिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर