मधेशबाट माओवादीकी अर्याल र जसपाका सिद्दिकी विजयी – Nepal Press

मधेशबाट माओवादीकी अर्याल र जसपाका सिद्दिकी विजयी

जनकपुरधाम । मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । माओवादीबाट उर्मिला अर्याल र जसपाबाट खालिद सिद्दिकीले जित हासिल गरेका हुन् ।

पर्सा घर भएकी अर्याल ६१५६ मतभार ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रूपा कुमारी यादवले २७५४ मतभार प्राप्त गरिन् । यादव लोसपाकी उम्मेदवार थिईन् । उनलाई एमालेले पनि सघाएको थियो ।

यसैगरि जसपाका खालिद सिद्दिकी ६६७८ मतभारका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उसमान अन्सारी २७६६ मतभार ल्याएर पराजित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर