राष्ट्रियसभा निर्वाचन: अहिलेसम्म ९५ प्रतिशत मदान, मत गणना प्रदेश कार्यालयमै – Nepal Press

राष्ट्रियसभा निर्वाचन: अहिलेसम्म ९५ प्रतिशत मदान, मत गणना प्रदेश कार्यालयमै

काठमाडौं । राष्ट्रियस सदस्यको निर्वाचनका लागि जारी मतदानमा अहिलेसम्म ९५ प्रतिशत मतदान भइसकेको निर्वाचन आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिगराम शर्मा पौडेलले तीन बजेसम्म मतदानको समय दिएको र केही छिटपुट घटनाबाहेक सबै ठाउँमा शान्तिपूर्णरुपमा चुनाव भइरहेको बताए।

मतदान सकिए लगत्तै गणाना शुरु हुने र आयोगको सम्बन्धि प्रदेश कार्यालयमै हुने पौडेलले जानकारी दिए । सबै प्रदेशबाट जानकारी आएपछि आजै साँझसम्म परिणाम आइसक्ने उनले बताए।

राष्ट्रियसभाको १९ सिटका लागि आज मतदान भइरहेको हो । वागमती र प्रदेश प्रदेशमा दुई-दुई र अन्य सबै प्रदेशबाट तीन-तीन जना सदस्य निर्वाचित भएर आउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर