लुम्बिनीमा पूर्वसहमति अनुसार अब कांग्रेसले नेतृत्व पाउनुपर्छ: गिरी – Nepal Press

लुम्बिनीमा पूर्वसहमति अनुसार अब कांग्रेसले नेतृत्व पाउनुपर्छ: गिरी

रुपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले लुम्बिनी प्रदेश सरकारमा पूर्व सहमति अनुसार नेपाली कांग्रेसले अब नेतृत्व पाउनुपर्ने बताएका छन् ।

बाँकेको नेपालगन्जमा आज आयोजित पत्रकार सम्मेलनमा नेता गिरीले गठबन्धनका समयमा भएको सहमति अनुसार अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताएका हुन् ।

लुम्बिनी प्रदेशमा साउन २८ गते माओवादी केन्द्र र कांग्रेसले बाँकी रहेको १६ महिने कार्यकाल आठ आठ महिना नेतृत्व गर्नेगरी सहमति भएको विषय बाहिर आएपछि माओवादीका केही नेताहरुले अहिले सरकारको नेतृत्व नफेरिने बताउन थालेपछि गठबन्धनमा यो विषय पेचिलो बनेको छ ।

नेता गिरीले भने–‘तत्कालीन समयमा गठबन्धन गर्दा आधा समय कांग्रेसलाई दिने भनिएकाले त्यो अनुसार पाउनुपर्यो नि, त्यो सहमति गर्ने समयमा म त थिइन् तर हाम्रा नेताहरुले त्यो बताएपछि सहमतिको इमान्दारिता देखाउनु राम्रो हुन्छ ।’

नेता गिरीले गठबन्धनलाई नियमित दिने कुरामा रणनीतिक हुनुपर्ने बताउँदै साझेदार इमान्दार बन्नुको विकल्प नरहेको बताएका थिए । निर्वाचनका विषयमा नेता गिरीले कानुन शंसोधन गर्न मिल्लनेभए लोकतन्त्रलाई अफ्ठयारो नपर्ने भए एकैपटकमा निर्वाचन गरिनु फाइदा हुने बताएका थिए ।


प्रतिक्रिया

One thought on “लुम्बिनीमा पूर्वसहमति अनुसार अब कांग्रेसले नेतृत्व पाउनुपर्छ: गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर