जनकपुरमै ‘मधेस प्रदेश’को विरोध, सांसदको पुत्ला जलाइयो (भिडिओ) – Nepal Press

जनकपुरमै ‘मधेस प्रदेश’को विरोध, सांसदको पुत्ला जलाइयो (भिडिओ)

जनकपुरधाम । प्रदेशको नाम मधेस राखिएको विरोधमा राजधानी जनकपुरधाममा प्रदर्शन भएको छ । प्रदर्शनमा युवाहरुले सांसदको पुत्ला जलाएका छन् ।

स्थानीय सुशील कर्णको नेतृत्वमा यूवाले विरोध प्रदर्शन गरेका हुन् । सांसदको पुत्ला जलाउँदै यूवाहरुले ‘८ जिल्लाको मधेस प्रदेश मान्दैनौं, प्रदेश सांसद मुर्दावाद, मिथिला–भोजपुरा प्रदेश नामाकरण गर’ जस्ता नारा लगाएका छन् ।

प्रदेशसभा गठन भएको चार वर्षपछि सोमबार प्रदेशको नाम मधेस र राजधानी जनकपुरधाम टुंगो लागेको हो । ‘मधेस प्रदेश’ नाम र जनकपुरधाम राजधानी तय भएको खुशियालीमा सोमबार साँझ अर्को एक युवाको समूहले दीपावली गरेको थियो ।

मधेस सरकारले आज यहाँ सार्वजनिक विदासमेत दिएको छ ।


प्रतिक्रिया

One thought on “जनकपुरमै ‘मधेस प्रदेश’को विरोध, सांसदको पुत्ला जलाइयो (भिडिओ)

  1. मधेश प्रदेशले पहिचान दिएन । मिथिला भाेजपुरा एकदमै उपयुक्त नाम हुन्थ्याे । सबै बिगारेकाे पछि मधेशमा भारतबाट आउनेले हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर