प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई पराजित गर्दै लुम्बिनीको सुखद अन्त्य – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई पराजित गर्दै लुम्बिनीको सुखद अन्त्य

काठमाडौं । गण्डकी प्रदेशलाई पाँच विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डीङको निम्तो पाएको लुम्बिनीलाई गण्डकीले १९ ओभरको समाप्तीमा सबै विकेट गुमाएर १ सय ५ रनको लक्ष्य दिएको थियो ।

विजयी लक्ष्य पच्छ्याएको लुम्बिनीले १३ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १ सय ६ रन बनायो ।

गण्डकीका लागि अनिल गुरुङले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धसतक बनाएर पभेलियन फर्किए । कप्तान विशाल पौडेल १६ रन, बिधान श्रेष्ठ १४ रन र गोभिन्द विक १२ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

लुम्बिनीको वलिङमा अनिल खरेलले सर्वाधिक ४ विकेट लिए भने, कृष्ण कार्की र दिपेन्द्र रावतले समान २ विकेट लिए । यस्तै, दुर्गेश गुप्ता र तुल बहादुर थापाले १÷१ विकेट लिए ।

लुम्बिनीको जितमा देव खनालले २६ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ५६ रनको योगदान गरे । सुशान्त थापाले २६ रन जोडेर पभेलियन फर्किदा कप्तान कृष्ण कार्कीले ८ रन र बासि अहमद ७ रन बनाएर अविजित रहे ।

सुवास भण्डारीले सर्वाधिक ३ विकेट लिए भने, अशोक श्रेष्ठ र विशाल पौडेलले एक विकेट लिए ।

दोस्रो जित निकालेको लुम्बिनीले प्रदेश–२ लाई पराजित गर्दै पहिलो जित निकालेको थियो । एपीएफसँग ७ विकेट र बाग्मतीसँग ४९ रनले हारेको थियो ।

गण्डकी जितविहिन रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर