गगन थापाले दोहोर्‍याए – पृथ्वीनारायणले भौगोलिक एकीकरण मात्रै गरेका हुन् – Nepal Press

गगन थापाले दोहोर्‍याए – पृथ्वीनारायणले भौगोलिक एकीकरण मात्रै गरेका हुन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण मात्रै गरेको दोहोर्‍याएका छन् । पृथ्वीनाराण शाहबारे थापाले यसअघि दिएको अभिव्यक्तिलाई लिएर आलोचना भइरहेका बेला थापाले सो अभिव्यक्तिकाे बचाउन गरेका हुन् ।

‘कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुन्छन,’ थापाले भनेका छन्, ‘पहिलो चरण भौगोलिक एकीकरण नै हो । भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन ।’

पृथ्वीनारायण शाहको भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका ‘जनघात’को स्वीकारोक्ति भने नहुने थापाको भनाइ छ । ‘पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्छ भन्ने डर मान्नु आबश्यक छैन,’ उनले भने, ‘न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमुल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ । हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ । त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्याङकन गर्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर