२३ कम्पनीको आइपीओ रोकिएपछि इप्पान पुग्यो धितोपत्र बोर्ड – Nepal Press

२३ कम्पनीको आइपीओ रोकिएपछि इप्पान पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । विभिन्न कम्पनीहरुले प्राथमिक सेयर (आइपीओ) निष्काशनको अनुमति मागेपनि अहिलेसम्म नेपाल धितोपत्र बोर्डले दिएको छैन् ।
लामो समयसम्म पनि कम्पनीहरुले आइपीओ निष्काशनको अनुमति नपाएपछि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले धितोपत्र बोर्डसँग कारण माग गरेको छ ।

इप्पानले २३ वटा जलविद्युत कम्पनीलाई किन रोकिएको भनेर धितोपत्र बोर्डसँग कारण मागेको हो ।

इप्पानका पदाधिकारीहरुले धितोपत्र बोर्डका अधिकारिहरुलाई भेटेर २३ जलविद्युत कम्पनीले आइपीओ निष्काशन रोकिनुको कारण मागेका हुन् ।

बोर्डले लामो समयदेखि आइपीओ निष्काशन रोकेको कारणले जलविद्युत आयोजनाको निर्माणमा असर परेको गुनासो समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर