प्रमाण जुटाउन नसकेको भन्दै ललिता निवास प्रकरणको मुद्दासम्बन्धी फाइल सीआईबीलाई फिर्ता – Nepal Press

प्रमाण जुटाउन नसकेको भन्दै ललिता निवास प्रकरणको मुद्दासम्बन्धी फाइल सीआईबीलाई फिर्ता

काठमाडौं । जिल्ला सरकारी वकिलको काठमाडौंले ललिता निवास प्रकरणको किर्ते मुद्दासम्बन्धी फाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई नै फर्काइदिएको छ ।

किर्ते मुद्दा चलाउने भनेर ४ सयभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाइएको सो मुद्दामा आवश्यक प्रमाण जुटाउन नसकेको र कुन व्यक्तिले किर्ते गरेको भन्ने आधारबिनै हचुवा प्रतिवेदन पेस गरेपछि सरकारी वकिलले थप अनुसन्धानका लागि सीआईबीलाई फर्काएको हो ।

सरकारी वकिल कार्यालयका सहमहान्यायधिवक्ता गंगा पौडेलले सीआईबीलाई मुद्दाको फाइल फिर्ता गरिएको पुष्टि गरे ।

मुलकी संहिताअनुसार किर्ते मुद्दाको हदम्याद २ वर्ष हुन्छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले सीआईबीलाई बालुवाटार प्रकरणको अनुसन्धान गर्न जिम्मा दिएको पुस २७ गते २ वर्ष पुग्दैछ । भोलि जसरी पनि अदालतमा मुद्दा पुर्‍याउनुपर्ने थियो । तर, सीआईबीलाई फाइल फिर्ता पठाइएपछि मुद्दा नै अन्याेलमा परेकाे छ । सहमहान्यायाधीवक्ता पौडेलले भने याे पुरानाे मुद्दा भएकाले जहिले पनि दायर गर्न मिल्ने दावी गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर