टेलिनेटको कार्यालयमा सूचना तथा प्रसारण विभागको छापा – Nepal Press

टेलिनेटको कार्यालयमा सूचना तथा प्रसारण विभागको छापा

काठमाडौं । नेपालमा अवैधरूपले विदेशी श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिररहेको टेलिनेट प्रालीको त्रिपुरेश्वरस्थित कार्यालयमा सूचना तथा प्रसारण विभागले छापा मारेको छ । विभागबाट गएको टोली पुग्दा टेलिनेटका सञ्चालकहरु कार्यालयमा उपस्थित थिएनन् ।

टोलीले टेलिनेटका कर्मचारीलाई उक्त कम्पनीले अल्ट बालाजी र सोनीलिभका सामग्रीहरू के आधारमा नेपालमा प्रसारण गरिरहेका छन् भन्ने सोधपुछ गरेका थिए । साथै, नेपालमा प्रसारण अनुमतिको लाइन्सेस पनि मागेका थिए । तर, केही पनि देखाउन नसकेपछि टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन भनेको छ ।

यो पनि पढ्नुहोस् : प्रशारण कानूनको धज्जी उडाउँदै विदेशी एप्सको खुलेआम व्यापार, सरकार मुकदर्शक

आधिकारिक कागजातसहित विभागमा उपस्थित हुन चिठी काटीएकाे विभाग स्राेतले जानकारी दियाे ।

टेलिनेटको अवैध धन्दाका विषयमा नेपाल प्रेसले केही दिनअघि खुलासा गरेको थियो ।

यो पनि पढ्नुहोस् : टेलिनेटको अवैध धन्दा: रामदेवको टिभी रोक्नसक्ने विभाग इन्टरनेट माफियासँग निरीह !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर