५२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (अपडेट सूचीसहित) – Nepal Press

५२ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस (अपडेट सूचीसहित)

काठमाडौं । सरकारले राजपत्रांंकित द्धितिय श्रेणीका ५२ जना उपसचिवलाई राजपत्रांकित प्रथम श्रेणी सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगका एक सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिको आइतबारको बैठकले कार्यक्षमताकाे  प्रशासन सेवाका ३६ जना, नेपाल इञ्जिनियरिङ सेवाका ११ जना, लेखापरीक्षण सेवाका ४ जना र नेपाल कृषि सेवाका एक जना गरेर ५२ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तरगत रहेको बढुवा समितिका अनुसार प्रशासनतर्फ कार्यक्षमताको आधारमा १८ जना र जेष्ठता र कार्यसम्पादनका आधारमा १८ गरेर रिक्त ३६ जना सहसचिवमा बढुवा हुनका लागि एक सय ९३ जना  जना प्रतिस्पार्धामा थिए ।

नेपाल इञ्जिनियरिङ सेवातर्फ ११ जना बढुवा हुनका लागि जेष्ठता र कार्यसम्पादनका आधारमा ३६ जना प्रतिस्पर्धामा थिए ।

लेखापरीक्षण सेवातर्फ ४ जना बढुवाका लागि कार्यक्षमता र जेष्ठता तथा कार्यसम्पादनका आधारमा १२ जना प्रतिस्पर्धामा थिए ।

यस्तै कृषि सेवातर्फ एक जना बढुवाका लागि जेष्ठता र कार्यसम्पादनका आधारमा पाँच जना प्रतिस्पर्धामा थिए ।

बढुवा सिफारिसमा चित्त नबुझेकाले ३५ दिन भित्र उजुरी गर्न सक्नेछन् । यदि कोहि कसैको उजुरी नपरेको खण्डमा २० जना नै मन्त्रिपरिषद्को बैठकबाट सहसचिवमा बढुवा हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *