वागमती प्रदेश सभापतिमा केसीको अग्रता, बानियाँ १३ मतले पछाडि – Nepal Press

वागमती प्रदेश सभापतिमा केसीको अग्रता, बानियाँ १३ मतले पछाडि

हेटौडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापति पदका लागि भएको निर्वाचनको दोस्रो चरणको मतगणना जारी छ ।

प्रारम्भिक नतिजामा पहिलो चरणमा दोस्रो बनेका उम्मेदवार जगदीश्वर नरसिंह केसीले अग्रता लिएका छन् । पहिलो ५ सय २ मत गन्दा केसीले २ सय ५६ मत ल्याएका छन् ।

पहिलो चरणमा पहिलो भएका उम्मेदवार ईन्द्रबहादुर बानियाँले भने २ सय ४२ मत ल्याएका छन् । जारी मतगणनामा केसीले १४ मतको अग्रता लिएका हुन् ।

यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर