कांग्रेस अधिवेशनः कर्णालीमा १२ बजेदेखि मतदान, त्रिपक्षीय भिडन्त – Nepal Press

कांग्रेस अधिवेशनः कर्णालीमा १२ बजेदेखि मतदान, त्रिपक्षीय भिडन्त

सुर्खेत । नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तरगत आज ७५० प्रतिनिधिले मतदान गरेर नेतृत्व चयन गर्ने छन् । निर्वाचन तालिकाअनुसार आज १२ बजेदेखि नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

कर्णालीमा संस्थापन पक्षबाटै सभापतिका लागि ललितजङ्ग शाही र मोतिराज बमले उम्मेदवारी दिएका छन् । संस्थापनइतर पक्षबाट भुपेन्द्रजङ्ग शाहीको उम्मेदवारी परेको छ ।

कर्णालीमा पौडेल पक्षमा ३२५ प्रतिनिधि भएको अनुमान गरिएको छ । देउवा पक्षबाटै दुईजनाको उम्मेदवारी परेपछि पौडेल पक्षलाई सहज हुने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर