राप्रपा पदाधिकारीमा क-कसको पर्‍यो उम्मेदवारी ? – Nepal Press

राप्रपा पदाधिकारीमा क-कसको पर्‍यो उम्मेदवारी ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनले आफ्नो मनोनय गर्दा गराएका छन् । यसैगरी उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जसमा जगतप्रसाद गौतम, रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ रहेका छन् । यस्तै विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दिलविकास राजभण्डारी रहेका छन् ।

यसैगरी महामन्त्रीमा महिला तर्फ रेखा थापा र कुन्ती कुमारी शाहीले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी डा. धवल शमशेर राणा, श्याम प्रसाद तिमल्सिना, भुवन कुमार पाठक र भास्कर भद्राले पनि महामन्त्रीमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

हिजो नै चुनावी प्रक्रिया सुरू हुने भनिएकोमा मतदाता नामावलीको विषयमा विवाद हुँदा निर्वाचन प्रक्रिया आजमात्र सुरू भएको हो । उम्मेदवारको नामावली २ बजे सार्वजनिक गर्ने कार्यतालिका छ ।

राप्रपा महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् ।

अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर