राष्ट्रिय ब्याडमिन्टन : सुरोज र पविनको जोडीको विजयी सुरुवात – Nepal Press

राष्ट्रिय ब्याडमिन्टन : सुरोज र पविनको जोडीको विजयी सुरुवात

एकलमा रत्नजीतको शानदार जित

बाह्रिबसे । बिहीबारबाट सुरु भएको सुरु भएको रािष्ट्रय ब्याटमिन्टन प्रतियोगीता अन्तरगत पुरुष युगल तर्फको खेलहरुका नेपाली सेनाका सुरोज महर्जन र पविन लिनथेवको जोडीले विजयी सुरुवात गरेका छन् ।

सेनाका महर्जन र लिनथेपको जोडीले बाह्रिबसेका राजकुमार तामाङ र अजय लामाको जोडीलाई २१–९, २१–१९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

प्रतियोगितामा एपिएफका सुमन लिम्बु र प्रनिश सिंह ठकुरीको जोडीले पनि दोश्रो चरणमा स्थान बनायो । लिम्बु र ठकुरीले मनकामना स्पोर्टस्का बिशाल बस्नेत र राजु थापाको जोडीलाई १६–२१, २१–१२, २२–२० को कठिनका साथ पराजित गरे ।

यस्तै बालकुमारी रिमिस्कका दिप्रीश बज्राचार्य र सुमन शाक्यको जोडीले दोश्रो चरण प्रवेश गर्ने क्रममा सुर्खेतका नरेन्द्र बम र कविर के.सी.को जोडीलाइ २१–१४, १७–२१, २१–१६ ले हराए ।

शिर्ष २० बरियता बाहेकका पुरुष युगल तर्फको अन्य खेलमा बुटवलका सुशिल गिरी र विवेक न्यौपानेको जोडी, १६ फिदरका अभिषेक बोस र सुजन थापाको जोडी, नवलपरासीका रोशन कुमाल र किरण महतोको जोडी, १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी, एपिएफका एशिया जवेगु र नविन सिलवालको जोडी तथा चितवनका विधान गुरुङ्ग र सूर्यदर्शन ब्याडमिन्टन क्लबका दीपक रानाको जोडीले पनि दोश्रो चरणमा स्थान पक्का गरे ।

गिरी र न्यौपानेको जोडीले पिस फिटनेश क्लब, पेप्सीकोलाका संजय कपाली र योगश खड्काको जोडीलाई २१–१७, १९–२१, २१–७ ले, बोस र थापाको जोडीले चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीलाई २१–१९, २२–२० ले, कुमाल र महतोको जोडीले सुर्खेतका करण बैगर र पूर्णबहादुर सिंहको जोडीलाई २१–१९, २१–१३ ले, खनाल र महर्जनको जोडीले सुर्खेतका जित प्रसाद लामिछाने र अनिल मल्लको जोडीलाई २१–१५, १८–२१, २२–२० ले, जवेगु र सिलवालको जोडीले सेनाका बिवेक चौधरी र आयुष्मान नागरीको जोडीलाई २१–१८, २१–१२ ले तथा गुरुङ्ग र रानाको जोडीले चौताराका कैलाश श्रेष्ठ र बा¥हबिसेका सुरेन्द्र श्रेष्ठको जोडीलाई २१–१७, २१–१२ ले पराजित गरे ।

यसैगरी जित निकाल्ने क्रममा सेनाका गोकुल जोरा र दिवश संकरको जोडीले चौताराका पदम घले र सविन श्रेष्ठको जोडीलाई २१–१०, २१–८, बालकुमारी रिमिक्सका ससिन डङ्गोल र सुमित महर्जनको जोडीले नवलपरासीका अक्षय के.सी. र केवल श्रेष्ठको जोडीलाई २१–१०, २१–१० को समान अन्तरले तथा बा¥हबिसेका अभिषेक गुरुङ्ग र त्रिपुरासुन्दरीका आशिष तामाङ्गको जोडीले सुर्खेतका दिपेश चौधरी र निरञ्जन चौधरीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गरे ।

पुरुष एकलमा रत्नजीतको विजयी सुरुवात

बिहीबार नै भएको पुरुष एकलमा नेपाल आर्मीका रत्नजीत तामाङ ले विजयी सुरुवात गरेका छन् । तामाङले सुर्खेतका कविर केसीलाई २१–९ र २१–१४ को सोझो सेटमा हराउँदै क्वाटर फाइनलमा प्रवेश गरे ।

त्यस्तै सशस्त्र प्रहरी क्लबका प्रियाशु सिंह क्षेत्रीले गोर्खाका विशाल बुढाथोकीलाई २१–९ र २१–६ को सोभो सेटमा हराउदै उनले पनि क्यावटर फाइनलको यात्रा तय गरेका छन् । तेस्रो खेलामा नेपाल प्रहरी क्लबका दिपक बोहराले सुर्खेताका नरेन्द्र बमलाई २१–१८ र २१–८ को सोझो सेटमा हराउदै क्वाटर फाइनलमा आफ्नो सिट सुरक्षीत बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर