अष्ट्रेलियाद्वारा हेजोबोल्लाहलाई ‘आतंकवादी’ संगठनको रुपमा सूचीकृत – Nepal Press

अष्ट्रेलियाद्वारा हेजोबोल्लाहलाई ‘आतंकवादी’ संगठनको रुपमा सूचीकृत

काठमाडौं । अष्ट्रेलियाले इस्लामिक कट्टरपन्थी संगठन हेजबोल्लाहलाई बुधबार आतंकवादी संगठनको रुपमा सूचीकृत गरेको घोषणा गरेको छ । इरान समर्थित लेबनानका अखडा जाएको उक्त सिया मुस्लिम संगठनलाई उक्त सूचीमा राखिएको अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनले जनाएको छ ।

हेजेबोल्लाहको सैनिक संगठन चाहिँ सन् २००३ देखि नै उक्त सूचीमा थियो । गत मेमा अमेरिकाले सबै मुलुकलाई हेजबोल्लाहलाई प्रतिबन्ध लगाउन आग्रह गरेको थियो ।

गतमहीना साउदी अरबले पनि हेजबोल्लाहलाई समर्थन गरेको भन्दै लेबनानको अल क्वार्ड अल हसन संगठनलाई पनि आतंकवादी संगठनको रुपमा सूचीकृत गरेको जनाएको थियो ।

अष्ट्रेलियाले नयाँ नाजी समूह ‘द बेस’लाई समेत आतंकवादी सूचीमा समावेश गरेको जनाएको छ । उक्त संगठनको सदस्य बन्नुलाई अष्ट्रेलियाले आतंककारी कार्यको रुपमा परिभाषित गरेको छ ।

अष्ट्रेलियाका गृहमन्त्री करेन एन्ड्रिजले बुधबार आयोजित पत्रकारमा सम्मेलनमा भने, ‘अष्ट्रेलिया सरकारसँग हिंसालाई लिएर शून्य सहनशिलता छ । यसो हुनुमा धार्मिक र वैचारिक कारणहरु छैन । उनीहरुले निर्दोष मानिसहरुको हत्या गरिरहेका छन् ।’

एबीसी समाचारका अनुसार अष्ट्रेलिया सरकारको जासूसी संगठनले श्वेत सर्वोच्चता र दक्षिणपन्थी अतिवादीको गतिविधिलाई लिएर निकै चासो जनाएको थियो । बेलायत र क्यानडाले यसअघि नै हेजबोल्लाहलाई आतंकवादी संगठनको रुपमा सूचीकृत गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर