गुडिरहेको बसमा आगलागी हुँदा बुल्गेरियामा ४५ जना पर्यटकको मृत्यु – Nepal Press

गुडिरहेको बसमा आगलागी हुँदा बुल्गेरियामा ४५ जना पर्यटकको मृत्यु

काठमाडौं । उत्तर मेसोडेनियाका पर्यटकहरु लिएर गुडिरहेको यात्रुवाहक बसमा अचानक आगलागी हुँदा पश्चिम बुल्गेरियामा मंगलबार बिहान कम्तीमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ जना बालबालिका छन् ।

जलिरहेको बसबाट निकालिएका सातजनालाई तत्कालै सोफिया सहरस्थित अस्पताल लगिएको छ भने उनीहरुको अवस्था स्थिर रहेको रोयटर्सले जनाएको छ । बुल्गेरियाको आन्तरिक मन्त्रालयले ४५ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

बल्कान मुलुकको इतिहासमै यो ठूलो सडक दुर्घटना भएको जनाइएको छ । आन्तरिक बोक्यो रास्कोभले शवहरु अधिकांश जलेका र खरानीमा परिणत भएको बताए ।

‘त्यहाँको दृश्य निकै डरलाग्दो थियो । यस्तो दृश्य मैले यसअघि कहिल्यै देखेको थिइँन’ उनले भने । बुल्गेरियाली अधिकारीहरुका अनुसार आगलागी हुनुको कारण नखुलेपनि राजमार्गको मुख्य प्रवेश थलो पार गर्नुपूर्व वा पछाडि आगोले भेटेको हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर