धनकुटामा माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश – Nepal Press

धनकुटामा माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटा । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका- ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका-३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता/कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादीलगायतका दलबाट एमाले रोजेका नेता-कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, शंकर पोखरेल, रामबहादुर थापालगायतका नेताहरूले स्वागत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर