दाङमा एकै महिनामा ४४ जुवाडे पक्राउ, ९ लाख बढी राजश्व संकलन – Nepal Press

दाङमा एकै महिनामा ४४ जुवाडे पक्राउ, ९ लाख बढी राजश्व संकलन

घोराही । दाङमा एकै महिनामा ४४ जना जुवाडे पक्राउ गरेर कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले दसै, तिहारको चाडपर्बसहित एक महिनाको अबधिमा हाइप्रोफाइल जुवाडे पक्राउ गरेको जानकारी दिए ।

घोराहीमा गुण्डा नाइके बाबु पुनले जुवा व्यवसायिकरुपमा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७८/०७९को कात्तिक महिनामा मात्रै ४४ जना जुवाडे पक्राउ परेको एसपि काफ्लेले बताए । चाडपर्वमा मात्रै बढी भएपछि पेशेबर जुवाडेहरुले रमाइलो गर्ने भन्दा ठूलो रकम जित हार हुने गरि जुवा खेल्ने क्रम बढ्दै गएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट नौ लाख बढी राजश्व संकलन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ बाट १२ जना, वडा नं ८ बाट ७ जना, वडा नं ६ बाट ५ जना र घोराही १८ बाट २० जना गरि ४४ जना जुवाडे पक्राउ परेका थिए ।

उनीहरुको साथबाट ९ लाख २ हजार १ सय ६१ रुपैंया नगद बरामद गरिएको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर