ट्वान्टी-२० विश्वकप फाइनल: न्युजिल्यान्डको इतिहास बदल्ने प्रयास – Nepal Press

ट्वान्टी-२० विश्वकप फाइनल: न्युजिल्यान्डको इतिहास बदल्ने प्रयास

काठमाडौं । आईसीसी ट्वान्टी-२० विश्व कपको फाइनलमा आज अस्ट्रेलिया र न्युजिल्यान्ड मैदानमा उत्रिँदा सन् २०१५ को ५० ओभर विश्वकपको झल्को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आउने छ । दुवै देशको संयुक्त आयोजनामा भएको त्यो विश्वकपको मेलवर्न क्रिकेट मैदानमा अस्ट्रेलियाले बाजी मारेको थियो ।

आजको फाइनलमा अस्ट्रेलियाविरुद्ध मैदानमा उत्रिँदा न्युजिल्यान्डको टोलीमा त्यो हारको सम्झना पक्कै हुनेछ । तर, पछिल्लो समय विश्व क्रिकेटमा सानदार लयमा रहेको इङ्ल्यान्डविरुद्ध रोमाञ्चक जित निकाल्दै फाइलन यात्रा तय गरेकाे न्युजिल्यान्डले आज इतिहास बदल्ने पूर्ण प्रयत्न गर्नेछ ।

सन् २०१९ मा भएको एक दिवसीय विश्व कपको पनि फाइनलसम्म पुगेर इङ्ल्यान्डसँग पराजित भएको न्युजिल्यान्ड लगातार आईसीसी विश्व कपको फाइनलमा पुगेको हो । तर, न्युजिल्यान्ड सन् २०१५ को टी-२० र १९ को ५० ओभर विश्व कप दुवैमा घरेलु टोलीसँग पराजित भएको थियो । यद्यपि, आजको खेल दुवै टोलीको रंगशाला नभएकाले आज न्युजिल्यान्डको दिन हुन सक्नेछ ।

यसै वर्ष जुन महिनामा विश्व टेस्ट च्याम्पियनसिपमा भारतमाथि जित हासिल गरेको न्युजिल्यान्डमा कुनै कुराको परिवर्तन आएको छ भने त्यो अझै सुधारिएको प्रदर्शन मात्रै हो ।

अर्कातिर सन् २००७ बाट सुरु भएको टी–२० विश्व कपको उपाधि हालसम्म जित्न नसेको अस्ट्रेलियाले आफ्नो ट्रफी क्याबिन्टमा यो उपाधि लानका लागि कुनै कसर बाँकी राख्ने छैन । लगातार तीन टी–२० शृंखलामा पराजित हुँदै विश्व कप खेल्न मिडिल इस्ट पुगेको अस्ट्रेलियाले महत्त्वपूर्ण समयमा भने उत्कृष्ट टीम वर्क देखाउँदै फाइनल यात्रा तय गरिसकेको छ ।

प्रतियोगिता अगाडि बढ्दै जाँदा सुध्रिँदै गएको अस्ट्रेलियाले सुपर–१२ मा इङ्ल्यान्डविरुद्ध फराकिलो हार बेहोरेपछि लगातार तीन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

पाँच वर्षपछि आज हुन लागेको यो संस्करणको फाइनलमा दुई छिमेकी टोलीको रोमाञ्चक प्रदर्शन दिनेमा सम्पूर्ण समर्थक आशावादी छन् ।

पाँच पटक एक दिवसीय विश्व कप च्याम्पियन बनिसकेको अस्ट्रेलियाले छोटो फर्म्याटमा पनि उपाधिको खडेरी एकथरीको विश्वास छ । अर्कातिर लगातार तेस्रोपल्ट आईसीसीको प्रतियोगिताको फाइनलमा पुगेको न्युजिल्यान्डले यसपटक उपाधि जित्नेमा धेरै विश्वस्त छन् ।

इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा आउट भएपछि निराश भएर ब्याटमा मुक्का हानेका न्युजिल्यान्डका डेभोन कोनवेले आजको फाइनल गुमाउने छन् । आाजको खेलमा उनको स्थानमा न्युजिल्यान्डले टिम सेइफर्टलाई टोलीमा समावेश गर्ने आशा गरिएको छ । टिमले प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानविरुद्ध खेलेका थिए । उक्त खेलमा न्युजिल्यान्ड पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर