नेपाल बैंकर्स संघको अध्यक्ष भुवन दाहालको कार्यकाल सकियो, अनिलकुमार उपाध्याय निर्विरोध – Nepal Press

नेपाल बैंकर्स संघको अध्यक्ष भुवन दाहालको कार्यकाल सकियो, अनिलकुमार उपाध्याय निर्विरोध

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय निरविरोध निर्वाचित हुने भएका छन् । हाल उनी बैंकर्स संघका उपाध्यक्ष समेत हुन ।

संघका अध्यक्ष भुवन दाहालको २ वर्षे कार्याकाल पुरा भएसँगै उपाध्याय निर्विरोध निर्वाचित हुने भएका हुन् । संघको कातिक २३ गते हुने निर्वाचनका लागि बुधबार २ बजेसम्म मनोनयन तोकिएको थियो । आगामी अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेको बैंकर्स संघले जनाएको छ ।

अनुभवी तथा कुशल व्यवस्थापक भएकाले उपाध्यायलाई ‍ संघमा निर्विरोध चयन गर्ने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘मेरो दुई वर्षे कार्यकाल आजबाट सकिएको छ । अनिल जीलाई बैंकर्स संघको नयाँ अध्यक्ष बनाउने कुरामा सबै जनाको सहमति रह्यो । उहाँ एक अनुभवी बैंकर एवं कुशल व्यवस्थापक भएकाले उहाँको नेतृत्वमा संघ थप उचाइ लिन्छ भन्ने विश्वास लिएको छुु’ उनले भने ।

आफ्नो कार्यकाल कोभिड- १९ सँगै सुरु भएर कोभिडकै बीचमा सकिएको अध्यक्ष दाहालले बताए । कोभिड- १९ महामारीको बन्दाबन्दीमा बैंकिङ गतिविधिलाई निकै कुशलतापुर्वक अगाडि बढाउन पहल गरेको र त्यसमा आफु सफल समेत भएको उनले बताए । त्यसका लागि २७ वटै सदश्य बैंकहरुले आफुलाई सहयोग गरेको बताए ।

कोभिड- १९ कारण गत आर्थिक वर्ष बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता देखि पछिल्लो समयको तरलताको चरम अभावसम्मका बैंकिङ गतिविधिहरु दाहालकै कार्याकालमा भएको छ । ब्याजदरमा भएको न्युनतम गिरावट देखि हालको उच्चतम बिन्दुसम्मका बैंकिङ परिघट्नाहरु उनकै नेतृत्वमा भएका छन् ।

यसलाई व्यापार चक्रको रुपमा बुझ्नुपर्ने दाहालको भनाई छ । आफु बैंकर्स संघको अध्यक्षको रुपमा बिदाई हुँदै गर्दा बैंकिङ प्रणाली सहज अवस्थमा नै रहेको उनले बताए । ‘अहिले आतिनुपर्ने अवस्था केहि छैन् । कोभिडको प्रभाव कम हुँदै गर्दा अन्तर्राष्ट्रिय ब्यापारमा बढेको छ भने करिब ८ महिनाका लागि पुग्ने विदेशी विनिमयको सञ्चिति रहेकाले हामी कम्फरटेवल जोनमा नै छौं दाहालले भने ।

नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणहरु मार्फत तरलता बजारमा पढाइरहेको तथा सरकारले खर्च बढाउने वित्तिकै तरलता पनि सहज भएर जाने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर