टी-२० विश्व कप : १८ वर्षपछि न्युजिल्यान्डलाई हराउला भारतले ? – Nepal Press

टी-२० विश्व कप : १८ वर्षपछि न्युजिल्यान्डलाई हराउला भारतले ?

काठमाडौं । टी-२० विश्वकपको दोस्रो खेलमा भारतले आज न्युजिल्यान्डको सामना गर्दैछ । यी दुई टोली बीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज साँझ ७:४५ मा सुरु हुनेछ । दुवै टोलीले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार व्यहोरेका थिए ।

त्यसैले यो खेल एक हिसाबले क्वाटरफाइनल जस्तै बनेको छ । विजेता टोलीलाई सेमिफाइनल पुग्ने बाटो सहज हुनेछ भने हार्ने टोलीलाई अन्तिम चारमा पुग्न निकै कठिन हुनेछ । भारतले सन् २००३ यता न्युजिल्यान्डविरुद्ध कुनै पनि आईसीसी प्रतियोगितामा जित्न सकेको छैन । यसकारण आज किवी टीमलाई हराएर भारत इतिहास लेख्न चाहन्छ ।

पछिल्लो एकदिवसीय विश्व कपको सेमिफाइनल (२०१९) र विश्व टेस्ट च्याम्पियनसिपको फाइनल (२०२१) मा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो । टी-२० विश्वकपमा दुवै टोली दुईपटक आमने सामने भएका छन् भने दुवैपटक न्युजिल्यान्डले जितेको छ ।

पाकिस्तानसँगको खेलमा न्युजिल्याण्डले पहिलो खेलमा ब्याटिङ अर्डरको प्रयोग गरेको थियो । ओपनर डेरिल मिचेल र नम्बर ४ जेम्स निशमले पाकिस्तानविरुद्ध खेलेनन् । यसले टोलीलाई चोट पुर्‍यायो । डेथ ओभर आइपुग्दा उनको क्रिजमा कुनै ठूलो फिनिसर थिएन । र हारको सामाना गर्नु परेको थियो ।

भारतका लागि हार्दिक पाण्डेया फेरि खेलमा फर्किएका छन् । उनले चोटका कारण पाकिस्तानविरुद्ध फिल्डिङ गरेका थिएनन् । यससँगै कुनै एक बलरको दिन खराब भयो भने समस्या कम हुन्छ ।

न्युजिल्यान्डका अनुभवी खेलाडी मार्टिन गुप्टिलले बायाँ खुट्टाको औंलामा चोट लागेपछि पाकिस्तानविरुद्धको खेलमा फिल्डिङ गरेका थिएनन् । तर, भारतविरुद्ध उनले खेल्ने अपेक्षा गरिएको छ । जस कारण यी दुई टीमबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

भारत भर्सेस न्युजिल्यान्ड: रेकर्ड र हेड टू हेड

१. भारत र न्युजिल्यान्डबीच हालसम्म कुल १६ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् र दुवै टोलीले ८-८ खेल जितेका छन् ।

२. टी-२० विश्व कपमा न्युजिल्यान्ड भारतभन्दा अगाडि देखिन्छ । किवीले यस प्रतियोगितामा भारतलाई दुई पटक पराजित गरेको छ ।

३. रोहित शर्माले न्युजिल्यान्डविरुद्धको खेलमा भारतका लागि सबैभन्दा बढी ३ सय ३८ रन बनाएका छन् ।

४. कप्तान केन विलियम्सनले भारतविरुद्धको खेलमा न्युजिल्यान्डका लागि सबैभन्दा बढी ३ सय २५ रन बनाएका छन् ।

५. किवी टोलीबाट इश सोधीले भारतविरुद्धको टी-२० खेलमा १७ विकेट लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर