बालिका बलात्कारको आरोपमा मध्यविन्दुबाट एक महिलासहित ७ जना पक्राउ – Nepal Press

बालिका बलात्कारको आरोपमा मध्यविन्दुबाट एक महिलासहित ७ जना पक्राउ

चोरमारा । मध्यविन्दु नगरपालिकाकी एक बालिकालाई विभिन्न समयमा बलात्कार गर्ने ६ जना र त्यसमा सहयोग गर्ने एक जना महिलालाई नवलपुर प्रहरीको गिरफ्तार गरेको छ ।

१४ वर्षीया बालिकालाई विभिन्न समयमा बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक २२ वर्षीय अभिमन्यु कुमार सहित मध्यविन्दु नगरपालिका-६ का २२ वर्षीय मिलन मगर, १८ वर्षीय विष्णु महतो र १७ वर्षीय एक जना बालक र घटनामा सहयोग गरेकोमा आरोपमा २३ वर्षीय लक्ष्मी कुमाललाई कात्तिक १२ गते र घटनामा संलग्न थप दुई जना बालकलाई कात्तिक १३ गते गिरफ्तार गरेको हो ।

१४ वर्षीया बालिकालाई विभिन्न समयमा भएको बलात्कारको घटनामा अहिले नवलपुर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी प्रकाश मल्लले बताए । आरोपित सबैलाई प्रहरी हिरासतमा राखेर उनिहरूसंग सोधपुछ गरिरहेको नवलपुर प्रहरीले पीडित बालिकालाई आवश्यक मनौवैज्ञानिक परामर्श सहित घटनाको विषयमा जानकारी संकलन गरिरहेको छ ।

पीडित बालिका माथि एक महिना अगाडी देखि विभिन्न व्यक्तिहरूबाट बलात्कार भएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । प्रहरीले कात्तिक १२ गते बिहान घटनाको विषयमा जानकारी प्राप्त गरेको थियो ।

भारतीय नागरिक अभिमन्यु कुमारसंग पीडित बालिका देखेपछि मध्यविन्दु-६ का स्थानीयले बालिकालाई बेचबिखनमा लैजान लागेको हुन सक्ने शंकामा चोरमारा प्रहरी चौकीमा खबर गरेका थिए ।

स्थानीयबाट प्राप्त खबरको आधारमा प्रहरीले बालिकाको उद्दारसँगै आरोपित कुमारलाई गिरफ्तार गरेको थियो । बालिकाको उद्दारपछि सोधपुछको क्रममा बालिका माथि बिभिन्न समयमा विभिन्न व्यक्तिहरुबाट बलात्कार भएको घटना उजागर भएको थियो ।

पीडित बालिकाले मैखिकरूपमा गराएको जानकारी अनुसार प्रहरीले घटनामा सहयोगीको रूपमा भूमिका निर्वाह गरेको आरोप लागेकि लक्ष्मी कुमाल सहित आरोपित अन्य व्यक्तिहरुलाई गिरफ्तार गरेको हो ।

१४ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको विषयमा अहिले प्रहरीले गम्भीरता पूर्वक अनुसन्धान गरिरहेको एसपी मल्लले बताए । घटनाको विषयमा अनुसन्धानको क्रममा रहेको भन्दै उनले पीडित बालिका माथि भएको घटनामा संलग्नहरूलाई कानुनी उपचारको दायरामा ल्याउन प्रहरी गम्भीर भएको लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर