फेसबुकले गर्‍यो नाम परिवर्तन – Nepal Press

फेसबुकले गर्‍यो नाम परिवर्तन

एजेन्सी । फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरवर्गले कम्पनीले नाम परिवर्तन गरेर मेटा राखिएको जानाकारी दिए । मेटार्भसमा जोड दिने उदेश्यले कम्पनीको नाम पनि परिवर्तन गरेको उनले बताए ।

‘आजदेखि हामी मेटार्भस हुँदैछौं, फेसबुक होइन,’ बिहीबार कम्पनीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै जुकरवर्गले भने ।

‘हाम्रो ब्रान्ड यति दृढ रुपमा एउटा उत्पादनसँग सम्बन्धित छ कि यसले हामीले आज गरेका सबैकुरा प्रतिनिधित्व गर्न सम्भव हुँदैन । यो सबै भविष्यलाई छाडिदिउँ,’ उनले भने ।

फेसबुकको लक्ष्य डिजिटल अवतारमार्फत मानिसहरुले छलफल गर्ने भर्चुवल क्षेत्रलाई विस्तार गर्ने भए पनि कम्पनीले तत्कालै आफ्नो कार्पेरेट संरचनामा भने कुनै परिवर्तन नगर्ने भएको छ ।

कम्पनीले आफ्नो टिकर संकेत एमभीआरएसमा व्यापार गर्ने भएको छ ।


प्रतिक्रिया

One thought on “फेसबुकले गर्‍यो नाम परिवर्तन

  1. समय र परिस्थितीले जे कुरा पनि पपरिवर्तन हुन्छ समय गतिशिल छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर