यसरी चुनिनेछन् एमालेका महाधिवेशन प्रतिनिधि,५१ प्रतिशत समावेशी कोटा (सूचीसहित) – Nepal Press

यसरी चुनिनेछन् एमालेका महाधिवेशन प्रतिनिधि,५१ प्रतिशत समावेशी कोटा (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट दशौं राष्ट्रिय महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि छान्ने भएको छ । ती मध्ये ५१ प्रतिशत समावेशी कोटाबाट आउनेछन् भने ३९ प्रतिशत खुला प्रतिस्पर्धाबाट आउने प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयन हुने मापदण्ड तय गरेको हो । जसमा ३३ प्रतिशत महिलासहित दलित, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र पिछडिएको क्षेत्रलाई समावेशी कोटा छुट्याइएको छ ।

प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रति निर्वाचन क्षेत्र १५ सय पार्टी सदस्य बराबर एक महिला र दुई खुला प्रतिनिधि चयन हुनेछन् भने जिल्लाबाट एकजना दलित प्रतिनिधि अनिवार्य गरिएको छ ।

केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषदबाट २ सय ६२ जना पदेन महाधिवेशन प्रतिनिधि हुनेछन् भने भूगोलबाट ११ सय ९६ जना र प्रवासबाट २० जना छानिने छन् ।

प्रत्येक जनसंगठनबाट पाँच जना प्रतिनिधि चयन हुने ज्ञवालीले बताए । निर्वाचन क्षेत्रमा १५ सय प्रतिनिधि भन्दा एक हजार सदस्य बढी भएपछि थप एकजना प्रतिनिधि थपिने र तीन हजार बढी सदस्य भए दुई महिलासहित ६ जना प्रतिनिधि चयन हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर