आयो तिहार : माटोका भाँडा बनाउने चटारो (तस्बिरहरू) – Nepal Press

आयो तिहार : माटोका भाँडा बनाउने चटारो (तस्बिरहरू)

काठमाडौं । तिहार नजिकिँदै गर्दा भक्तपुरमा माटोका भाँडा बनाउनेहरू यतिखेर चापाचापमा छन् । तिहारको समयमा माटाको पालाको माग अत्यधिक बढ्ने गरेको छ ।

तिहारमा घरआँगन झिलिमिली बनाउन माटोको पालामा बत्ती बाल्ने गरिए पनि पछिल्ला समय मैन भरिएको पालाको माग उत्तिकै छ । भक्तपुरका प्रजापति समुदायका व्यवसायीहरू काँचो माटोलाई आकार दिइरहेका भेटिन्छन् । महिलालगायत परिवारका सदस्य ती पाला लगायतका भाँडा सुकाउने, भट्टीमा पोल्ने, रंग लगाउने काममा पालो दिन्छन् ।

तिहारका लागि धुपौरे, भिउँटेलगायतका भाँडाका सामग्रीको माग पनि धेरै छ ।

तस्बिरहरू : सरोज बैजु । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर