टी-२० विश्वकप: श्रीलंकाले बंगलादेशलाई हरायाे – Nepal Press

टी-२० विश्वकप: श्रीलंकाले बंगलादेशलाई हरायाे

काठमाडौं । आईसीसी टी-२० विश्व कप क्रिकेटको सुपर-१२ अन्तर्गत आइतबार भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको छ । यूएईको सारजाहमा भएको खेलमा श्रीलंकाले बंगलादेशमाथि ५ विकेटको सहज जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाका लागि चारिथ असलन्काले अविजित रहँदै सर्वाधिक ८० रनको अर्धशतकीय इनिङ खेले । भानुका राजपाक्षेले पनि ५२ रनको अर्धशतकीय इनिङ खेल्दा पाथुम निशन्काले २४ रन बनाएका थिए ।

बलिङतर्फ बंगलादेशका नासुम अहमेद र शकिब अल हसनले २/२ विकेट लिए । यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । बंगलादेशका मोहमद नाइमले ६२ रनको अर्धशतकीय इनिङ खेल्दा मुस्फिकर रहिमले अविजित ५२ रन बनाएका थिए ।

लिटोन दासले १६, शकिब अल हसनले १० तथा कप्तान महमुद उल्लाहले अविजित १० रन बनाए । श्रीलंकाका चामिका करुनारत्ने, बेनुरा फर्नान्डो र लहिरु कुमाराले १/१ विकेट लिए ।

यस जितसँगै समूह १ को श्रीलंकाले २ अंक जोडेको छ । श्रीलंका समूहको दोस्रो स्थानमा रहेको छ । बंगलादेश पाँचौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर